एमालेसँग पार्टी एकता गरेर अघि बढ्नुको विकल्प छैन : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

विराटनगर, ११ पुस । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले एमालेसँग पार्टी एकता गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन् ।

नेता पोखरेलले जनताले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता होस भन्ने उद्देश्यले मतदान गरेकाले जनचाहना पुरा गर्न पार्टी एकता हुनैपर्ने जिकिर गरे ।

मंगलबार विराटनगरमा स्थानीय संचारकर्मीमाझ बोल्दै उनले एमालेसँगको पार्टी एकता राष्ट्र र जनता दुवैको आवश्यकता भएको बताए । नेता पोखरेलले आगामी सरकार बामपन्थी गठबन्धनको नेतृत्वमा बन्ने र त्यसले जनतालाई सुविधा र सुरक्षा दुवै दिने दावी गरे ।

नेता पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत माग गरेका छन् । जनमत विपक्षमा आएपछि प्रधानमन्त्री देउवाले नैतिक र राजनीतिक दुवै रुपले पदबाट राजीनामा दिनुपर्ने उनको भनाई थियो ।