काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् ।
चीनको २२औं राजदूतका रुपमा नेपाल आाएका सोङले बुधबार ओली निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन् ।
भेटमा चीन र नेपालबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । सोङले आजै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्नुहुँदै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताए ।
भेटका अवसरमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरे ।