पदाधिकारी बैठक अघि देउवाले नेपाल र यादवसँग गरे छलफल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

पदाधिकारी बैठक अघि देउवाले नेपाल र यादवसँग गरे छलफल

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बस्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।

नेपाल र यादव आज बिहान धुम्बाराहीस्थित देउवा निवास छलफलका लागि पुगेका हुन् । उनीहरुबीच सभामुख निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । तीन शीर्ष नेताहरुबीच सभामुख निर्वाचनमा मिलेर जाने सहमति भएको जनाइएको छ ।

यी तीनै दल सरकारलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी भएका छैनन् । संसदमा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । भोलि हुने सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);