६० हवाई दुर्घटनामा ९०० को ज्यान गइसक्यो, किन हुन्छ दुर्घटना ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

६० हवाई दुर्घटनामा ९०० को ज्यान गइसक्यो, किन हुन्छ दुर्घटना ( भिडियो रिपोर्ट )

काठमाडौँ, माघ २ \माउण्टेन टेलिभिजन एच्डी। दुर्घटनाको कुल संख्यामध्ये अधिकांश आन्तरिक उडानका विमान दुर्घटना भएका छन् । यसले आन्तरिक हवाई सुरक्षामा प्रश्न उठ्ने गरेको छ।

माघे संक्रान्तिकै दिन आन्तरिक उडानतर्फ अहिलेसम्मकै सर्वाधिक ठूलो दुर्घटना भएको छ। आइतबार चालकदलसहित ७२ जना रहेको काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स पोखराको सेती नदी खोचमा दुर्घटना भएको हो। यो घटनासँगै नेपालको हवाई सुरक्षाको विषय उठ्न पुगेको छ। विमान अवतरणको क्रममा अनियन्त्रित भएको दृश्य सार्वजनिक भइसकेको छ । नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटनामा ९०० को ज्यान गइसकेको तथ्यांक छ ।

जसमध्ये ३५ आन्तरिक, १७ हेलिकोप्टर र ८ अन्तर्राष्ट्रिय जहाज दुर्घटनामा परेका छन् ।

आन्तरिक उडानमा भएका दुर्घटनामा ज्यान गुमाउनेको संख्याले पछिल्लो दुर्घटनासँगै अन्तर्राष्ट्रिय उडानको दुर्घटनामा ज्यान गुमाउनेको संख्यालाई नाघेको छ। अन्तर्राष्ट्रिय उडानमा ३ सय ७३ यात्रुले ज्यान गुमाएको तथ्यांक छ । आन्तरिक उडानमा जहाजतर्फ ४६० र हेलिकोप्टरमा ८५ गरी कुल ५४५ ले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक पोखरामा माघे संक्रान्तिका दिन भएको दुर्घटना समेत जोड्दाको संख्या हो । हवाई सुरक्षालाई दृष्टिगत गरी सरकारले सिंगल इन्जिन भएको उडान सञ्चालन २०७५ बाट रोक लगाएको छ । तर, मल्टि इञ्जिन विमान नै बढी दुर्घटना भएको तथ्यांक छ। अधिकांश दुर्घटना दुर्गम क्षेत्रको उडान भर्दा भएका छन् । यसकारण पनि दुर्घटनाको कारणमा मौसमको खराबी र कठिन भूगोललाई कारण देखाउने गरिएको छ । ” तर, मौसममात्र दोषी नभएको बताउनुहुन्छ अनुभवी पूर्वपाइलट केवी लिम्बू ” ।

सबैजसो दुर्घटनामा मानवीय त्रुटी औल्याउने गरिएको छ। दुर्घटनाबारे छानविन गर्ने टोलीले विमान र प्राविधिक त्रुटी कमैमात्र औल्याउने गरेका छन् । अधिकांश विमान दुर्घटनाको कारण मौसमको खराबी देखाउने गरिएको छ। नेपालको भौगोलिक अवस्था कठिन छँदैछ, विमानहरुको अवस्थाबारे पनि प्रश्न उठाइन्छ ।

नेपाल वायु सेवा निगम ।देशमा हवाई सुरक्षा गम्भीर बन्दै गएको छ । वर्षैपिच्छे हुने गरेका दुर्घटनाले सरकारलाई घचघच्याइरहन्छ । तर, विमान दुर्घटनाका हृदयविदारक घटनाहरु हुँदा शोकका शब्द राज्यका जिम्मेवार निकायहरुबाट आएपनि दुर्घटना हुनै नदिने गरी हवाई सुरक्षाका लागि ठोस कदम अनिवार्य भइसकेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);