कक्षा १ मा लिइने प्रवेश परीक्षा प्रतिबन्ध लगाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कक्षा १ मा लिइने प्रवेश परीक्षा प्रतिबन्ध लगाउन निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिन प्रतिबन्ध लगाएको छ । प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा मानसिक तनाव हुने भएपछि केन्द्रले कक्षा १ मा प्रवेश परीक्षा नलिन उक्त निर्णय गरेको हो ।

अभिभावक महासंघलगायत संस्थाले कक्षा १ मा प्रवेश परीक्षा दिएर ६ वर्षको बच्चालाई मानसिक तनाव दिएको भन्दै परीक्षा नलिन विद्यालयलाई आग्रह गरेका थिए । विद्यार्थी भर्ना लिन गोला प्रथा वा अन्य विधि अपनाउन केन्द्रको आग्रह छ । शिशु कक्षामा पढेको अनुभव र बच्चाको आचरणको आधारमा भर्ना लिने व्यवस्था गर्नुपर्ने र अनाहकमा साना बालबालिकालाई मानसिक यातना दिन उचित नहुने केन्द्रको तर्क छ ।

केन्द्रले प्रवेश परीक्षा लिने र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने काम भएमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न निर्देशन दिएको हो । तयारी कक्षा सञ्चालनका लाग सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्देशन दिएको छ ।

शिशु विकास केन्द्रको अवधारणाअनुसार स्थापना भएका मन्टेस्वरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरूमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने एवं यस्तै प्रकृतिका गृहकार्य दिने र कतिपय विद्यालयले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको केन्द्रको भनाइ छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);