साढे ४ लाखले एसईई दिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साढे ४ लाखले एसईई दिँदै

slc-students1

काठमाडौं, १९ फागुन । परीक्षा नियन्त्रण कार्यालयले चैत दोस्रो साता लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रमका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् । गत वर्षदेखि लागू नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । गत वर्षसम्म २०५७ को पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन हुँदै आएको थियो ।

यसपालि नियमिततर्फ ४ लाख ५२ हजार विद्यार्थी सहभागी हुँदैछन् । पूर्वाधार विकास हुन सके कक्षा १० का विद्यार्थीको यो परीक्षा आगामी वर्षदेखि प्रदेश तहले नै लिन सक्छन् । कार्यालयले प्रदेश ६ र ७ का लागि आवश्यक प्रश्नपत्र ढुवानीसमेत सुरु गरिसकेको छ । अनिवार्य गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक व्यवस्था गरिएको छ । कार्यालयले ७५ पूर्णांक (२ घण्टा १५ मिनेट) को मात्रै परीक्षा लिँदै छ । एक्जाम्टेडसहित ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थीका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा अवधिसम्म जिल्ला शिक्षा कार्यालय अस्तित्वमा रहे पनि चैत २८ देखि खारेज हुने भएपछि उत्तरपुस्तिका प्रहरी कार्यालयमा राखिनेछ । तर, त्यसलाई कसले परीक्षण गराउने, जाँचिसकिएको उत्तरपुस्तिका र नम्बर राष्ट्रिय परीक्षा बोर्डसम्म कसले पठाउने भन्नेमा अन्योल छ ।

३० प्रतिशत मात्रै
शिक्षा विभागका अनुसार दस वर्षअघि कक्षा १ मा भर्नामध्ये ३० प्रतिशत विद्यार्थी मात्रै एसईईमा सहभागी हुँदैछन् । ०६५ मा कक्षा १ भर्ना भएको ब्याच एसईईका लागि तयार भएको हो । त्यति बेला कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएकामा अहिले ४ लाख ५२ हजार ७ सय ८१ विद्यार्थी (३०.४८ प्रतिशत) ले मात्रै परीक्षा दिँदैछन् । १० लाख ३२ हजार ६ सय १४ जना विद्यार्थीमध्ये अधिकांशले बीचैमा पढाइ छाडेका छन् भने कतिपय कक्षा उक्लनै सकेनन् । कतिपय जिल्लामा भर्ना भएका एक तिहाइ विद्यार्थी पनि कक्षा १० पुग्न सकेका छैनन् । विद्यार्थी टिकाउन सरकारले विभिन्न योजना अघि सारे पनि सफल हुन नसकेको यो तथ्यले देखाएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);