उपराष्ट्रपति पुनद्वारा मकर संक्रान्तिको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

उपराष्ट्रपति पुनद्वारा मकर संक्रान्तिको शुभकामना

nanda bdr pun

काठमाडौं । मकर संक्रान्तिको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । नेपालीहरूको महत्त्वपूर्ण चाड माघे सङ्क्रान्ति/माघी पर्वको शुभकामना व्यक्त गर्दै पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने पनि उनको धारणा छ । लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको भन्दै प्रतिनिधि सभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश सरकारहरू बनिसकेका सन्र्दभ उल्लेख गर्दै उपराष्ट्रपति पुनले ती सरकारहरूले तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

‘विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ’, शुभकामना सन्देशमा भनिएको छ ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);