भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

kp oli- president bhandari

काठमाडौँ, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि आजै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाएका शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।

सन्देशमा उनिहरुले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);