रवि लामिछानेको 'हुकुमी शासन'ले गृह देखि प्रहरीमा खैलाबैला, गृहबाट टिप्पणी नउठाई एसएसपी सरुवाले उठायो प्रश्न | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

रवि लामिछानेको ‘हुकुमी शासन’ले गृह देखि प्रहरीमा खैलाबैला, गृहबाट टिप्पणी नउठाई एसएसपी सरुवाले उठायो प्रश्न

काठमाडौं, २९ पौष । लोकप्रीय बन्ने रहरले दौडिएका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री त बनेका छन् तर उनको कार्यशैलीले विधि विधान धमाधम मिचिन थालेको छ । उनको सिधा ध्यान पैसाको ठूलो चलखेल हुने क्रसर उद्दोग देखि प्रहरी सरुवामा गएको छ ।

रविकै ठाडो आदेशमा प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । ६ महिना नभई सरुवा गरिँदा रविको ठाडो आदेश आइजीपी धीरजप्रताप सिंहलाई गएर गरिएको खुलेको छ ।

एसएसपी सरुवामा गृह मन्त्रालयबाट टिप्पणी उठाउनुपर्नेमा उठाइएको छैन । यसले सिधै विधि मिचिएको छ । रवि चितवनमा रहेको बेलामा प्रहरी सरुवा भएको थियो । टिप्पणी नउठाई प्रहरी मुख्यालयबाट सिधै सरुवा भएको छ । यसअघि रविले सरुवा चासो देखाएका थिए । रविको पछिल्लो भूमिकाप्रति गृह र प्रहरीमा व्यापक असन्तुष्टि बढ्न थालेको छ ।

यसैगरी, अवैध क्रसर उद्दोग बन्द गराउने रविको निर्देशनका पछाडि आर्थिक स्वार्थ लुकेको खुल्दै गएको छ । क्रसर उद्दोगहरु बन्द भई गिट्टीलगायत निर्माण सामाग्रीको मूल्य कृत्तिम रुपमा बढ्न थालिसकेको छ । अर्कोतर्फ, क्रसर उद्दोगीहरुबाट मोटो रकम असुल्ने गरी एउटा गिरोह सक्रिय भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);