रवि लामिछानेको आँखा मालदार क्रसर र प्रहरी सरुवातिर | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८३, शनिबार

रवि लामिछानेको आँखा मालदार क्रसर र प्रहरी सरुवातिर

काठमाडौं, २४ पौष । नेपालमा जब जब सरकार परिवर्तन हुन्छ तब तब रोडा ढुङ्गा देखि क्रसर उद्दोगमा सत्ताधारीको आँखा जान्छ । क्रसर उद्दोग बन्द गराउने चेतावनी जान्छ तर कहिले कार्यान्वयन हुँदैन ।

उपप्रधान तथा गृहमन्त्री बनेपछि रवि लामिछानेले अवैध क्रसर उद्दोग बन्द गराउने विषय उठाएका छन् । विगतमा पनि नयाँ मन्त्रीहरुले यस्तै गर्थे तर पछि थामथुम हुन्थ्यो । यसको कारण हो पैसाको खेल ।

यसपटक रवि लामिछानेले पनि क्रसर बन्द गराउने विषय उठाएपछि के हुन्छ चासो बनेको छ । यसलाई काम गर्नका लागि हो या थर्काएर अर्थोपार्जन गर्ने उपाय हो पर्खनुपर्ने हुन्छ ।

गृहमन्त्री लामिछानेले प्रहरी सरुवामा पनि निकै चासो राख्न थालेका छन् । प्रहरीमा मालदार ठाउँमा जाने होडवाजी नै चल्छ । यसका लागि ठूलै चलखेल हुने गरेको चर्चा छ । लामिछानेले सरुवामा चासो लिनुलाई चासोका साथ हेरिएको छ ।

Leave a Reply

ताजा समाचार