प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन् । विश्वासको मत लिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेश प्रमुखबाट कार्कीले आइतबार अघि पद तथा गोपनियताको शपथ लिएका थिए । आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेस २९, नेकपा एकीकृत समाजवादी ४, एमालेका ४०, माओवादी १३, राप्रपा ६, जसपा एक सांसद निर्वाचित भएका छन् । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी कार्कीले ६० सांसदको समर्थन पाएका छन् । आज नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री कार्कीको तयारी छ ।

झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);