बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेरौंः स्वर्णिम वाग्ले | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेरौंः स्वर्णिम वाग्ले

काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंका बौद्धिक सम्पत्ति संरक्षण समाजले आयोजना गरेको अन्तरक्रियामा उहाँले यो मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको हो । वाग्लले बौद्धिक सम्पतीलाई अमेरिकाले तिब्ररुपमा अगाडि बढाउँदा पश्चिमा मुलुकहरुले नै आलोचनात्मक टिप्पणी गरिरहेको उल्लेख गर्नुभयो । व्यापार,लगानी र बिफा सम्झौतामा व्यापार र बौद्धिक सम्पत्ति समावेश गर्न हलिउडको मनोरञ्जन ,औषधि र आइसिटि उद्योगले दवाब सिर्जना गरिरहेको उहाँको भनाइ छ ।

बौद्धिक सम्पत्ति मात्रै बनाएर अन्य संरचना पङ्गु बनाएको देशमा बौद्धिक सम्पतीको संरक्षणले प्रभावकारी रुपमा काम नगर्ने बाग्लेको जिकिर छ । उहाँले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला (बिआइटी ) बिफा सम्झौता गर्न खोज्दा गाली गरेपनि देशको लागि अत्यावश्यक रहेको उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);