बालेनलाई गृहको जवाफ– अहिलेकै अवस्थामा सहयोग गर्न सक्दैनौं | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बालेनलाई गृहको जवाफ– अहिलेकै अवस्थामा सहयोग गर्न सक्दैनौं

काठमाडौं । गृहमन्त्रालयले अहिलेकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र बस्ती हटाउन काठमाडौं महानगरलाई सहयोग गर्न नसकिने बताएको छ ।

वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ । महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय र पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो ।

गृहले लेखेको जवाफी पत्रमा महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने उल्लेख छ । सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सकारात्मक सहयोग रहने पत्रमा उल्लेख छ । उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ जवाफी पत्रमा भनिएको छ ।

गृहको पत्रअनुसार सकुम्बासी बस्ती हटाउन महानगरपालिकाले राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया अघि बढाउन सक्ने अवस्था आएको छ । महानगरपालिकाले गृहले भनेअनुसारको प्रक्रियाको थालनी २९ पुसको नगरसभा बैठकपछि गर्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);