बालीबाट फर्किएपछि बालेनले शपथ खुवाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बालीबाट फर्किएपछि बालेनले शपथ खुवाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्रबहादुर खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । करिब एक साताको बाली घुमघाम पछि आइतबार नेपाल फर्किएका शाहले आज राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गराएका हुन् ।

पुस ११ गते बसेको महानगरपालिकाको ११औँ कार्यपालिका बैठकले योजनाविद् इञ्जिनियर खड्कालाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको थियो ।

आज भएको शपथ ग्रहण समारोहमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रवक्ता नविन मानन्धरसहित अधिकारीहरु सहभागी थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);