काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको निर्वाचन पछिको प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सांसद पशुुपति शमशेर राणाको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त र मन्त्रिपरिषद गठनबारे संसदलाई जानकारी पत्रमार्फत जानकारी गराउने कार्यसुची छ ।
बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।