काठमाडौं । गण्डकी प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नेभएका छन् । स
त्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा सो प्रदेश एमालेको भागमा परेपछि अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
एमाले नेता अधिकारीलाई नेकपा माओवादी केन्द्र र राप्रपाका प्रदेश सांसदहरुले समर्थन छ ।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद निर्वाचित छन् । सत्तारुढ दलहरुबीचनको सहमति अनुसार अब एमालेले गण्डकीमा ५ वर्ष मुख्यमन्त्री चलाउनेछ ।
६० संसदीय प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।