३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको ३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रमको शनिबार एक समारोहको बिच समापन भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि डेनमार्कका लागि नेपालका पूर्व राजदुत युवनाथ लम्सालले विद्यालयले गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकासमा उल्लेखनिय भूमिका निर्वाह गर्ने बताउनुभयो।

राष्ट्रसंघको कार्यशैलीबारे स्कुलले यसरी आफ्ना विद्यार्थीहरुलाई स्थायी र प्रक्रियागत शिक्षा प्रदान गर्दा भोलि देशले प्रत्यक्ष वा परोक्ष रुपमा सबल कुटनितिज्ञ पाउने विचार समेत व्यक्त गर्नुभयो। सोही अवसरमा वँहाले आफ्नो स्कुले शिक्षण परिपाटी र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले दिने गरेको शिक्षण पद्दतिमा आकास(जमिनको फरक भएको बताउँदै, यस्तो क्रियाकलापयुक्त सिकाइ गरेकोमा विद्यालयलाई धन्यबाद दिदंै विद्यार्थीहरुलाई बधाई पनि दिनुभयो । पूर्व राजदुत लम्साललाई विद्यालय व्यवस्थापन समितिका सदस्यकपिल देव रेग्मी र प्रधानाध्यापक सुनिता पौडेलले खादा,पुष्प गुच्छा र कदर–पत्र सहित स्वागत गर्नुभएको थियो ।

कक्षा ९ काविद्यार्थी समुहको वृन्दवादन र पारम्परिक नेवारी नृत्य प्रस्तुतिसङ्ग सुरु भएको समापन सत्रमा सम्बोधन गर्दै प्रधानाध्यापक सुनिता पौडेलले विद्यालयले समय सापेक्ष र विद्याथीको सम्रग्र विकासमा समर्पित व्यवहारिक कार्यक्रमहरु संचालन गर्न कुनै कसर नछोडेको बताँउदै यस तीनदिने छलफलले व्यवहारिक शिक्षाका धेरै पाटो उजागर गरेको बताउनुभयो । साथै यस्तो नमुना छलफलले विद्यार्थीहरूको सोच विश्वव्यापीबनाउन सहयोग गर्नुका साथै विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिक साथै सङ्कट निरूपण र निराकरणका उपायकाबारेमा समेत ज्ञान हासिल गर्नमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरि विद्यालय व्यवस्थापन समितिका सदस्य कपिल देव रेग्मीले यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा विश्वव्यापी चासो बढाएर आत्मविश्वासका साथ जीवन उपयोगीशिक्षा संवाहन गराउनु रहेको बताउनुभयो ।
लुम्बिनीएसिया इन्टरनेसनल एम. यु. एन९ीब्क्ष्ःग्ल्० सोसाइटीको सहकार्यमा भएको यस कार्यक्रमा ५ कमिटिमा ६५ वटा देशहरूलाई प्रतिनिधित्वगर्दै ८३ जना विद्यार्थीहरूले वातावरण, मानवअधिकार, स्वास्थ्य, अर्थ तथा वाणिज्य साथै अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विविधविषयमा छलफल गरेका थिए ।

गत मंगलबार नेपालक ालागि संयुक्त राष्ट्र सङ्घ विकास परियोजनाका नेपाल स्थित आवासीय प्रतिनिधि आइसानी लेबेले पानसमा बत्तीबाली समघाटन गर्नु भएको यो समारोह शुक्रबार पूर्व राजदुत युवनाथ लम्सालको मन्तव्य र अन्त्यमा सबै सहभागीलाई प्रमाणपत्र र विशिष्ट डेलिगेटहरूले विशेष सम्मान पदक वितरण सँङ्गै समापन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);