ललितपुरमा आफ्नै टहराभित्र किशोरी बलात्कार गर्दा... | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

ललितपुरमा आफ्नै टहराभित्र किशोरी बलात्कार गर्दा…

ललितपुर । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बेध बहादुरले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);