पाकिस्तान आर्थिक संकटमा, विदेशी मुद्रा संचितीले एक महिनाको मात्र आयात धान्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाकिस्तान आर्थिक संकटमा, विदेशी मुद्रा संचितीले एक महिनाको मात्र आयात धान्ने

एजेन्सी, २४ पौष । श्रीलंकापछि दक्षिण एशियाको अर्को मुलुक आर्थिक संकटमा फस्न लागेको छ । पाकिस्तानसँग एक महिनाको आयात मात्र धान्ने विदेशी मुद्रा संचिती रहेको छ ।

अलजजिराको रिपोर्ट अनुसार पाकिस्तानसँग ६ अर्ब डलरभन्दा कम विदेशी मुद्रा रहेको छ जुन एक महिनालाई मात्र आयात गर्न पर्याप्त छ । सन् २०१४ यता पाकिस्तानसँग अहिलेसम्मकै कम विदेशी मुद्रा संचिती रहेको छ ।

गत वर्ष पाकिस्तानले बाढीबाट ३० अर्ब डलरको क्षति व्यहोरेको थियो । यसले पनि उसको अर्थतन्त्र कमजोर बन्यो ।

पाकिस्तानमा चिनियाँ बीआरआई अन्तर्गतका परियोजनाहरु सञ्चालनमा छन् । यसले पनि उसलाई विदेशी ऋणको भार बढाएको छ । यसअघि श्रीलंका पनि ऋणमा डुबेर संकटमा पर्दा सत्ता नै ढलेको थियो ।

पाकिस्तान आर्थिक संकटमा फस्दै जाँदा त्यहाँका सैनिक प्रमुख जनरल सयैद असिम मुनिरले साउदी अरबको भ्रमण गरेका छन् । उनले साउदी रक्षामन्त्रीलगायत उच्च अधिकारीसँग भेटेका छन् । पाकिस्तानलाई साउदी अरबले वर्षेनी ठूलो आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);