नारायणगढ–मुग्लिङ सडक २ दिन खुल्ला गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

नारायणगढ–मुग्लिङ सडक २ दिन खुल्ला गरिने

काठमाडौं । नजिकिदै गरेको माघे संक्रान्तिमा देवघाटधाममा लाग्ने मेलालाई लक्षित गर्दैै नारायण–मुग्लिङ सडकखण्ड दुई दिन खुल्ला हुने भएको छ ।

दिनहु ४ घण्टा यातयात बन्द गरेर गरिदै आएको कामलाई स्थगित गर्दै पुस ३० र माघ १ गते सडक खुल्ला गरिने भएको हो । अहिले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ ।

चितवन र तनहुँको संगमस्थल देवघाटमा विभिन्न चाड पर्वहरूमा ठूलो मेला लाग्दछ । माघे सक्रातिको दिन त्रिवेणी नुहाउनेको घुइँचो लाग्छ । त्यहाँ मानिसहरू जीवनको अन्त्यतिर धर्म प्राप्तीका लागि जान लालायीत हुने गर्दछन ।

नारायणी र काली गण्डकी नदीहरूको मनोरम प्राकृतिक जलधारा र सफा कन्चन जल अन्य पर्यटकका आकर्षण हुन । पोखरा बसपार्कबाट बसमार्फत तथा ट्याक्सी माफर्त देवघाट सजिलै जान सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);