काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक पुस २३ गते बस्ने भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ बजे बोलाइएको हो ।
पुस २५ गते प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुँदैछ । त्यसैगरी कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकपनि पुस २८ गते सारेको छ ।
पुस २२ गते निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक संसद अधिवेशनकै कारण पछि सारेको हो ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा पाँचौ पटक निर्वाचित भएका छन् ।
८९ सदस्यीय कांग्रेस संसदीय दलको निर्वाचनमा प्रतिद्धन्द्धी तथा महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा ६४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
थापाले २५ मत प्राप्त गरे ।