काठमाडौं । राष्ट्रिय टिमका क्रिक्रेटर शरद भेषावकरले किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पुर्वकप्तान सन्दीप लामिछानेले न्याय पाउनुपर्ने बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सन्दीपले न्याय पाउनुपर्ने बताएका हुन् ।
अर्का क्रिक्रेटर आरिफ शेख पनि सन्दीपको पक्षमा खुलेका छन् । शेखले फेसबुकमार्फत सन्दीपले न्याय पाउनुपर्ने धारणा राखेका छन् ।
बलात्कारको आरोप लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।