लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित

काठमाडौं। काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।

काठमाडौंलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल, इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई दुई विकेट लिए । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५÷१५ रन जोडेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

Leave a Reply

ताजा समाचार