नेपाल टी–ट्वान्टी लिगः पोखरामाथि काठमाडौंको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

नेपाल टी–ट्वान्टी लिगः पोखरामाथि काठमाडौंको जित

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विजयी सुरुआत गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो ।

पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रन बनाए । अमिर हमाज र अभिमन्यु मिथुनले समान १८÷१८ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान दिए ।

यस्तै सुनाम गौतमले २७, एलेक्स ब्लेक्सले २१ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए ।

पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २र२ विकेट लिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);