सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट

एजेन्सी । काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।

विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन् । उत्तरी तकहार प्रान्तको राजधानी तलुगान सहरमा भएको शक्तिशाली विस्फोटको तीन दिनपछि सैन्य विमानस्थलमा अर्को विस्फोट भएको हो ।

उक्त विस्फोटमा चार जना घाइते भएका थिए । पछिल्ला केही महिनामा युद्धग्रस्त काबुलमा विस्फोटलगायत बढ्दो सुरक्षा खतरा सामना गरेको छ ।

पछिल्लो विस्फोटबारे प्रहरीले अनुसन्धान गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);