यसकारण चाहिन्छ भिटामिन ‘बी’ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

यसकारण चाहिन्छ भिटामिन ‘बी’

काठमाडौं । स्मरण शक्ति बढाउनका लागि भिटामिन ‘बी’ कम्प्लेक्सको मात्रा बढाउनु पर्छ । पानीमा सजिलैसँग घुल्ने भिटामिन ‘बी’ को कमीले थकान ज्यादा महसुस हुने र डिप्रेशनमा समेत पु¥याउँन सक्छ ।

स्वस्थ तथा शरीरलाई सुचारु रुपमा चलाउन भिटामिन र माइक्रोन्यूट्रियन्टको आवश्यकता ज्यादा हुन्छ । भिटामिन ‘बी’  विभिन्न तरिकाबाट पाइन्छ ।

स्नायु र पाचन प्रणालीलाई भिटामिनले स्वस्थ राख्छ भने रोग प्रतिरोधात्मक क्षमता बढाउछ । मासुजन्य पदार्थ, दुधबाट बनेका सम्पूर्ण परिकार, जमिन भित्र फल्ने खाद्यन्न, सागसब्जी,आदिमा भिटामिन ‘बी’ कम्प्लेक्सको मात्रा पाइन्छ ।

भिटामिन ‘बी’ कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ ।  भिटामिन ‘बी’ को कमीले हात÷खुट्टा झमझम गर्ने, पोल्ने तथा डिप्रेशनको शिकार हुने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);