टेलीग्राम ग्रुपमा अश्लील भिडियो पोष्ट गर्ने किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

टेलीग्राम ग्रुपमा अश्लील भिडियो पोष्ट गर्ने किशोर पक्राउ

काठमाडौं । टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी–प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू सामाजिक सञ्जालका विभिन्न च्याटग्रुपहरुमा आर्थिक लाभका लागि प्रसारण गरी महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार