अब फर्कने सम्भव छैन पार्टी एकता हुन्छ: अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चितवन, ९ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा गठनमा देखिएको विवाद छिट्टै समाधन हुने बताएका छन् ।

चितवनको सप्तगाण्डकी क्याम्पसमा आइतबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनेल समस्या समाधानका लागि आफूहरु लचक भएको र अबको एकदुई दिनमा समस्या समाधान हुने बताए ।

समस्या समाधानका लागि अझै एक दुई दिन छलफल गर्ने र निर्वाचन आयोगले गर्ने काम गर्दै लाने उनले बताए । एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणाली के मा जाँदा पीछडिएका वर्गको प्रतिनिधित्व हुन्छ त्यही अनुसार नै आफूहरु अघि बढ्न तयार रहेको उनको भनाई छ ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारी भैरहेको जानकारी दिए । एमाले र माओवादीलाई एक हुन नदिन विभिन्न शक्ति सक्रिय भएको उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिलाई परास्त गरेर अघि बढ्ने स्पष्ट पारे।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);