सत्ता शक्तिमा एमालेको पुनारागमन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सत्ता शक्तिमा एमालेको पुनारागमन ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउण्टेन टिभी एचडि। 

काठमाडौँ, पौष १२। नेपाली राजनीतिमा संसदमा सबैभन्दा ठूलो दल भन्दा दोस्रो र तेस्रो दल बलियो बन्ने अस्वाभाविक घटनाहरु विकास भएको छ । यसपटक पनि त्यही भयो । २०७४ को चुनावमा सबैभन्दा बढी १२१ प्रतिनिधि सभा सांसद जिताउन सफल एमाले यसपटक ७८ सिटमा सिमित भयो । तर, सत्ता राजनीतिमा निर्णायक शक्ति बन्ने मौका गुमाएन ।

४३ सांसद संख्या घटेको अवस्थामा पनि एमालेको सत्तामा रोचक पुनरागमन भएको छ । ओलीका लागि २०७४ कम्युनिस्ट प्रधानमन्त्री दुई तिहाईको प्रधानमन्त्री बनेको ऐतिहासिक घटना थियो । तर, तत्कालीन नेकपा र त्यसपछि नेकपा एमालेको विभाजनले ओलीको शक्ति घट्दै गयो । उहाँ सत्ताबाट बाहिरिनुभयो ।

लामै समय सत्ताबाट बाहिर रहनुपर्ने सम्भावनाले ओलीमा छटपटाहट थियो । तर, उहाँले मौका आउँदा सत्ता राजनीतिको खेललाई उल्टाइदिनुभयो । काँग्रेस सभापति शेरबहादुर देउवाको छैठौंपटक प्रधानमन्त्री बन्ने महत्वाकांक्षा नै ओलीका लागि खेल उल्टाउने अचुक अस्त्र बन्यो । देउवाको दाबीकै कारण प्रचण्डले गठबन्धन तोडिएको निष्कर्ष निकाल्दै बालकोट पुगेर ओलीसँग आलोपालो प्रधानमन्त्रीको भद्र सहमति गर्नुभयो ।
नयाँ गठबन्धन बनेर समयमै सरकार निर्माण हुनुलाई अस्थिरतातर्फ जान लागेको नेपालको राजनीतिलाई सही मार्गमा लैजान एमालेले राम्रो अवसर पाएको विश्लेषण भईरहेको छ ।

ओली र प्रचण्डबीचको सहमति कसरी अगाडि बढ्ने हो चासोको विषय बनेको छ । विगतमा पनि सहमति बन्ने र तोडिने क्रम चलेकाले नेपाली राजनीति सामान्य ढंगले बढ्नेमा विश्वस्त हुन सकिदैन ।

माओवादीकै कारण एमालेले पुनः सरकारमा फर्कने अवसर पायो । माओवादीले प्रधानमन्त्री पाएपछि राष्ट्रपति, उपराष्ट्रपति देखी सभामुख, उपसभामुख लगायतका मुख्य पदहरु मध्ये अधिक एमालेले नै पाउने देखिएको छ । तर, सत्तालाई नयाँ गठबन्धन कसरी सम्हाल्ला हेर्न बाँकी नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);