कार्यविधिविपरीतका सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

कार्यविधिविपरीतका सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले कार्यविधिविपरीतका पीएसओ र सेवा सुविधा ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्त्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रवि लामिछाने गृहमन्त्रीमा नियुक्ति भएको भोलिपल्ट मन्त्रालयले यस्तो निर्देशन गरेको हो ।

Leave a Reply