काठमाडौं । रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले खुसी लागेको बताएका छन् ।
हर्कले सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका हुन् । हर्कले लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’