नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै साँझ बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै साँझ बस्ने

काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्ड र तीन उपप्रधानमन्त्री र चार मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन् ।

त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);