रविको राजनीतिक छलाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रविको राजनीतिक छलाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी खोलेको केहि महिनामै राजनीतिक छलाङ मारेका छन् ।

निर्वाचनपछि बनेको नयाँ सरकारमा उनले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

लामिछानेसहित एमालेका विष्णु पौडेल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ मन्त्रीमा नियुक्त भएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारीलाई विशेष रुपमा हेरिन्छ । अब रविले देशको सुरक्षा व्यवस्था देखि अन्य महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);