महोत्तरी, ११ पौष । मधेशका जिल्लामा अपराधजन्य क्रियाकलाप बढ्दो क्रममा छ । जसमा महोत्तरी पनि एक हो ।
गएको एक बर्षमा महोत्तरीमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । बलात्कार, बलात्कार प्रयास र यौन दुरव्यवहारका घटना ४० र १० जनाको हत्या भएको मा तथ्यांक सार्वजनिक भएको छ ।
आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीले आयोजनागरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै महोत्तरी अपराधजन्य क्रियाकलापको चपेटामा पर्दै गएको निश्कर्ष निकालेको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व वार्षिक समीक्षाका क्रममा महोत्तरीमा अपराधजन्य क्रियाकलापमा ज्यादै बढेको बताउँदै यसको लागि मानवअधिकारवादीले सहि ढङ्गले खबरदारी गरिरहने दाबी गरेको छ ।
सार्वजनिक भएको तथ्यांकमा परिवारजन र अन्य व्यक्तिबाट १० जनाको हत्या , बलात्कार, बलात्कार प्रयास र यौन दुुव्र्यवहारका ४०, मानव बेचबिखन तथा ओसार पसारका १, बहुविवाह १३, बालविवाह एक, प्रहरीको गोली प्रहारबाट दुई जना घाइते गरी ६४ वटा घटना समेटिएको महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले बताएकी छन् ।