कोरोना बढेसंगै सीमा नाका क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना बढेसंगै सीमा नाका क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

बैतडी ।  भारतमा कोरोनाको संक्रमण बढेसंगै भारतसंग सीमाना जोडिएका जिल्लाहरुमा सर्तकता अपनाउन आग्रह गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीले  सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सार्वजनिक यातायातमा यात्रा गर्दा

मास्क,स्यानिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम गर्न र कोभिड–१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुटेकाहरुले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिएका छन् ।

जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । भिडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख १८ हजार सात सय १४ जनाको कोरोना परीक्षण गरिएकोमा ६१ हजार आठ सय ७२ जनामा संक्रमण भएको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
बैतडीको झुलाघाट नाकामा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोनाको खोप कार्ड जाँच गरी मात्र आवतजावत गर्न दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);