कांग्रेससहित यी दल सरकार बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कांग्रेससहित यी दल सरकार बाहिर

काठमाडौं । नेपाली कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकार बाहिर रहने भएका हुन् ।

आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);