मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान

मुगु । देशका अन्य जिल्लामा जस्तै मुगुमा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट र चुनावी रणनीतिमा दलहरू लागेका छन् । यहाँ नेकपा एमाले एक्लै निर्वाचनमा जाने तयारीमा भए पनि उसले उम्मेदवार चयनमा पर्ख र हेरकाे नीति लिएकाे छ ।

अर्काेतिर नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन भने आ-आफ्नै दाबी र अडानमा छन् । जसका कारण उम्मेदवार चयन गर्न सकिरहेकाे छैन । स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त छन् । तर, अझै टंगोमा पुग्न सकेको छैनन् ।

गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपध्यक्ष दाबी गरेकाे नेपाली कांग्रेस मुगुका पार्टी प्रवत्ता प्रकाश शाहीले बताए । यही कारण कुरा नमिलेकाे उनकाे भनाइ छ । उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकामा नेपाली कांग्रेसले प्रमुख पाउनु पर्ने प्रवत्ता शाहीको भनाइ छ ।

नेकपा एकीकृत समाजवादी मुगुका अध्यक्ष धरमबहादुर शाहीका अनुसार केन्द्रीय सर्कुलरअनुसार सात बुँदे सहमति समाजवादी पार्टीको हितको लागि बनाएको हाे । यही अनुसार नेपाली कांग्रेस पहिलो पार्टी, नेकपा माओवादी केन्द्र दोस्राे र समाजवादी तेस्राे स्थानमा हुनुपर्छ । नेकपा एमालेबाट छुट्टिएर आई सकेपछि मुगुका चार वटा स्थानीय तहमध्ये दुईमा कांग्रेस, एकमा माओवादी र एकमा समाजवादीको प्रमुखमा हाम्राे दावी रहन्छ ।

नेकपा माओवादी केन्द्र मुगुका सूचना संचार विभागका संयोजक देविकृष्ण रोकायाका अनुसार माओवादी केन्द्र गठबन्धनको पक्षमा रहेको र सोहीअनुसार अगाडि बढेको छ ।अन्तिमसम्म गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै यदि गठबन्धन नभए मित्रवत रुपमा चुनावी प्रतिस्पर्धा गर्ने उनी बताउँछन् । नेपाली कांग्रेस मुगुका अनुसार सकेसम्म तालमेल गरेरै जाने हो यदि उनीहरूले तालमेलमा रस्साकस्सी गरे भने अन्तिममा एक्लाएक्लै चुनाव लड्नुनकाे विकल्प छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);