कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री बन्ने सम्भावना कति ?

सुर्खेत । संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिए लगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ । केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा (माओवादी केन्द्र) इन्चार्ज कालीबहादुर मल्लले बताए । नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आकलन सुरु भएको छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए । केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँगै कर्णालीमा एमालेले नेतृत्व पाउन सक्ने आकलन पनि गरिएको छ । एमाले भन्दा माओवादीको सिट धेरै भएकाले पनि कर्णालीमा माओवादी नेतृत्वमा सरकार बन्ने नेताहरु बताउँछन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीको १३ र एमालेको १० गरी २३ सिट हुन्छ । राप्रपा पनि सरकारमा गए २४ सिट हुनेछ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ । माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मालाई सम्भावित मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । सुर्खेतका विन्दमान विष्टको पनि चर्चा कायमै छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);