सिके राउतको शपथबारे संसद् सचिवालयसँग स्पष्टीकरण माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिके राउतको शपथबारे संसद् सचिवालयसँग स्पष्टीकरण माग

काठमाडौं । नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।

भाषा आयोगबाट प्रकाशित ’सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू– २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।

आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । बिहीबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित तीन सांसदले मधेशी भाषामा शपथ लिएका थिए ।

राउत लगायतका सांसदहरूको शपथ ग्रहणको विषयलाई लिएर मधेशमा विरोधसमेत भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);