संसद भवनमा यसपटकको फरक दृश्य, नयाँ अनुहारका बेग्लै जोश ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

संसद भवनमा यसपटकको फरक दृश्य, नयाँ अनुहारका बेग्लै जोश ( भिडियो रिपोर्ट )

बटुक राज गिरि  \ माउण्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०८ । बिहिबार संघीय प्रतिनिधि सभा संसद भवन अन्य दिन भन्दा फरक किसिमको देखिन्थ्यो । प्रतिनिधि सभाको निर्वाचनमा यसपटक केही नयाँ पार्टी मात्रै नभई व्यक्तिहरुको समेत प्रवेशले संसद भवनको दृश्य थप आकर्षक र भिन्न देखिन्थ्यो । सपथ ग्रहण समारोहमा सभामुखको चयन नभएकाले ज्येष्ठ सांसद पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनियताको शपथ गराउनु भएको थियो । यो पटक संसदमा नयाँ अनुहारदेखि पहिलो पटक निर्वाचनमा भाग लिएका पार्टीबाट विजयी सांसदको उपस्थितिले कार्यक्रममा रौनकता थपिएको थियो ।

२ सय ७५ सांसदमध्ये २ सय ४९ सांसदले नेपाली भाषामा र २६ जनाले अन्य मातृभाषामा शपथ लिएका थिए । अझ रोचक त के थियो भने कतिपय सांसदले आफूले शपथ गर्ने भनेर प्रस्ताव गरेका भाषा सूचीकृत नै थिएन । हामीले नयाँ पार्टीका केही सांस र स्वतन्त्र उम्मेदवारहरुलाई आगामी संसदमा तपाईको भुमिका कस्तो रहन्छ भनेर सोधेका थियौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं शेरबहादुर देउवा लगाएतका नेताहरुको जम्काभेट, कुराकानी र कानेखुसीले भावी राजनीतिको केही संकेत गरेको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि समयसिमा दिइसकेकाले ठूला दलहरुको तयारी के छ त ?

यसपटकको प्रतिनिधि सभामा विभिन्न पृष्ठभूमि र नयाँ राजनीतिक दलहरुको आगमन भएको छ । सधैंजसो अस्थिर राजनीतिको चपेटा भोगीरहेको मुलुकलाई अहिलेको संसदले स्थिरता देला या यथास्थितिको निरन्तरता मात्र होला ? प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);