१९ वर्ष जेल बसेर निस्किए ‘विकिनी किलर’ चार्ल्स शोभराज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

१९ वर्ष जेल बसेर निस्किए ‘विकिनी किलर’ चार्ल्स शोभराज

काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराज लामो समय बसाईपछि आज जेलमुक्त भएका छन् । चर्चित विकिनी किलर शोभराज १९ वर्ष ३ महिना ७ दिनपछि केन्द्रीय कारागार काठमाडौंबाट रिहा भएका हुन् ।
दुुईजनाको हत्या र एक जनाको हत्या प्रयास गरेको मुद्दामा उनी भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका थिए ।

अदालतको फैसला अनुसार शोभराजलाई २०६० असोज २ गते देखि २०८० असोज १ गते सम्म २० वर्षका लागि कैद सजाय सुनाइएको थियो । ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरिएको हो ।
७८ वर्षीय शोभराज मुटुरोगबाट पीडित छन् । उनको ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकोले कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुुगेका कैदीहरुलाई ७५ प्रतिशत सम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो ।
उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ । जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);