लुकेरै जहाज चढ्न सफल भए शोभराज, १० वर्ष नेपाल आउँन नपाउँने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

लुकेरै जहाज चढ्न सफल भए शोभराज, १० वर्ष नेपाल आउँन नपाउँने

काठमाडौं ।  गृहमन्त्रालयले सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएको छ । शुक्रबार  शोभराज १९ वर्षपछि जेलमुक्त भएका थिए । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् ।

जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग बुझाइएको थियो । अध्यागमन विभागमा उनलाई बुझाएपछि गृहमन्त्रालयले १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको थियो । उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गरिएको हो ।

विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो । ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए ।

उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

चाल्स शोभराजलाई मिडियाबाट लुकाउन आज प्रहरीले सक्दो प्रयास गर्यो । सफल पनि भयो । आज रिहा भएका शोभराजको अनुहारसहितको फोेटो मिडियाहरुले कैद गर्न सकेनन् । आखिर प्रहरीले किन यसो गर्यो ? यो विषय चर्चामा छ । मिडियामा बोल्न रमाउने मान्छे हुन्, शोभराज । उनले जेलभित्रै बाट थुप्रै अन्तर्वाता दिएका छन् । जिवनको आधा उमेर जेलमै बिताएका उनले दर्जनौ अन्तर्वार्ता दिएका छन् ।

शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन आग्रह गरेको भन्दै आज प्रहरीले उनलाई जेलबाट लुकाएरै अध्यागमन विभाग र विमानस्थल पुर्याएको थियो ।

उनलाई ६ बजेको कतार एयरवेजमार्फत दोहा हुँदै फ्रान्सका लागि पठाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);