स्वदेश फर्किन पाउँदा जहाजमा मख्खीएका शोभराज | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

स्वदेश फर्किन पाउँदा जहाजमा मख्खीएका शोभराज

काठमाडौं । चाल्स शोभराजलाई मिडियाबाट लुकाउन आज प्रहरीले सक्दो प्रयास गर्यो । सफल पनि भयो । आज रिहा भएका शोभराजको अनुहारसहितको फोेटो मिडियाहरुले कैद गर्न सकेनन् । आखिर प्रहरीले किन यसो गर्यो ? यो विषय चर्चामा रह्यो ।

शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन आग्रह गरेको भन्दै आज प्रहरीले उनलाई जेलबाट लुकाएरै अध्यागमन विभाग र विमानस्थल पुर्याएको थियो ।

उनलाई ६ बजेको कतार एयरवेजमार्फत दोहा हुँदै फ्रान्सका लागि पठाइएको छ । मिडियाले उनको तस्विर समेत खिच्न पाएनन् । तर, उनी विमानमा बसेको तस्विर भने बाहिरिएको छ । फ्रान्सको समाचार एजेन्सी एफपीले उनी विमानमा बसेको तस्विरमा सार्बजनिक गरेको हो । उनको छेउँमा एक महिला बसेकी छन् । तस्विरमा उनी खुसी मुद्रामा देखिएका छन् ।

गृहमन्त्रालयले सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएको छ । शुक्रबार शोभराज १९ वर्षपछि जेलमुक्त भएका थिए । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार उनी जेलमुक्त भएका हुन् ।

जेलमुक्त भएसँगै उनलाई अध्यागमन विभाग बुझाइएको थियो । अध्यागमन विभागमा उनलाई बुझाएपछि गृहमन्त्रालयले १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने निर्णय गरेको थियो । उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर फ्रान्स डिपोर्ट गरिएको हो ।

विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई (बुधबार) जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो । ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए ।

उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);