जब गणतन्त्रवादीलाई गणतन्त्रविरोधी जबराले गराए सपथ ( माउण्टेन रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जब गणतन्त्रवादीलाई गणतन्त्रविरोधी जबराले गराए सपथ ( माउण्टेन रिपोर्ट )

काठमाडौँ पौष ०७। नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर जबराका नाति हुनुहन्छ पशुपति शमशेर जबरा । पञ्चायतमा मात्र नभई बहुदल आएपछि पटक पटक मन्त्री बन्नुभयो । जबराले देश गणतन्त्र घोषणा भएपछि सम्पन्न कुनैपनि चुनाव जित्न सक्नुभएन । यसपटक समानुपातिक सांसदका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ। ८१ वर्षीय जबराले प्रतिनिधि सभाका जेष्ठ सदस्यका रुपमा शपथ गराउनुयो । उहाँले बाँकी सदस्यलाई शपथ खुवाउनुहुनेछ। रोचक त यो छ कि संविधानमा उल्लेखित गणतन्त्र र धर्मनीरपेक्षका विरोधी जबराले यसका पक्षधर मुख्य दलका नेता देखि सांसदसम्मलाई सपथ गराउनुहुने भएको छ। जबराले सार्वजनिक रुपमै गणतन्त्र र धर्मनीरपेक्ष विरुद्ध कडा अभिव्यक्ति दिदै आउनुभएकोले पक्षधर सांसदहरुले यसलाई कति सहज रुपमा लेलान् चासो छ।

संविधानमा उल्लेख भएको गणतन्त्र र धर्मनीरपेक्षको पक्षमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित दुई तिहाई बढी सांसद रहेका दलहरु छन् । राप्रपा खुलेर यसको विरोधमा छ। उक्त दलका भेट्रान नेता पशुपति शमशेर जबरा हिन्दुराष्ट्रको मुद्दा उठाउँदै लामो समययता सक्रिय हुनुहुन्छ । उहाँले केही समय गणतन्त्रको पक्षधरकै रुपमा आफूलाई चिनाउनुभयो। पछि कमल थापासँग पार्टी एकीकरण गरेपछि राजसंस्थाको मुद्दा अँगाल्न थाल्नुभयो । तर, कमल थापा राप्रपाबाट अलग भई राजसंस्थाविरोधी निस्कनुभएको छ । पशुपति शमशेर भने राजसंस्थाका पक्षधर बन्नुभएको छ। लामो राजनीतिक अनुभव सँगाल्नुभएका जबराबाट व्यक्तिगत रुपमा सपथ लिन सांसदहरुलाई अप्ठ्यारो महशुश नहोला । तर, उहाँले उठाउनुभएका मुद्दाप्रति प्रतिनिधि सभाका दुई तिहाई बढी नवनिर्वाचित सांसदहरुको विमति छ।

लोकतन्त्रको सौन्दर्य भनेकै भिन्न विचारको पनि सामना गर्ने हो । जबरा गणतन्त्रविरोधी भएपनि गणतन्त्रपक्षधरले उहाँबाट सपथ लिनुलाई सामान्य रुपमा लिने अवस्था देखिन्छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);