दीपक श्रेष्ठ बर्दिया, फागुन ४ । कन्चनपुरमा भारतिय एस.एस.विं. को गोली लागी मृत्यु भएका शहिद स्व. गोविन्द गौतमका परिवारलाई नेपाली सेनाका भुतपूर्व सुवेदानर दामोदर प्रसाद अधिकारीले नगद र जग्गा सहयोग गरेका छन । सिमामा भएको भारतिय पक्षबाट नेपालको भूमि अतिक्रमणको विषयमा सिमाको रक्षार्थ पुगेका गौतमको भारतिय सुरक्षाकर्मिको गोली प्रहारबाट मृत्यु भएको थियो । देशका लागि ज्यान अर्पण गर्ने महान शहिदका सन्ततीको नाममा स्वर्गिय गोविन्द गौतम्को सम्मानार्थ थोरै भए पनि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत आफुले पाउनले पेन्सन बापतको एक महिनाको तलव १५ हजार नगद र स्वं गौतमका परिवालाई आवासका लागी १२ धुर जग्गा दान गरेका हुन् ।
कञ्जनपुर जिल्ला बाइसेविचवा गाउँ विकास समिति वार्ड नम्वर ९ स्थित लालझाडी बजारमा रहेको सिटि प्लानिङ्गमा दर्ता रहेको कित्ता नम्वर ६५९ मध्येबाट १७५ वर्ग मिटर(१२ धुर) जग्गा र नगद शहिद परिवारका नाममा दिएको दान कर्ता बर्दिया बढैयाताल गाउँपालिका वार्ड नम्वर ३ निवासी नेपाली सेनाको पुर्व शुवेदार दामोदर अधिकारीले भने । प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापालाई लालपुर्जा र नगद हस्तान्तरण गर्दै ले भने उनले भने शहिद गौतमले दिएको बलिदान अतुलनिय छ, यो बलिदान प्रति मेरो धेरै श्रद्धा जागेर आयो र मैले थोरै मात्र भए पनि सहयोग गरेको बताए ।
तिन छोरा र एक छोरीका बुवा रहेका दामोदर आफ्नो परिवार काठमाण्डौं चन्द्र गिरी नगरपालिका १४ मच्छेगाउँमा घर भई हाल संगै बर्दिया बस्दै आएका छन । स्थानीयले जनस्तरबाट आएको सहयोग प्रसंशनिय कार्य भएकाले यथाशक्य छिटै गौतमका परिवारलाई वुझाईने प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले वताए । यस्ता कार्यले पिडितको मनोवल अझै उच्च पार्न सहयोग मिल्ने वताए ।