एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तको वासलात र गत आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरुमाथी छलफल गरेको थियो ।

उक्त बैठकमा भएको निर्णय अनुसार बैंकले कुनै पनि लाभांश वितरण नगर्ने गरेको हो ।

बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);