न समयमा परीक्षा न त परीक्षाफल, त्रिविको साख खस्कँदो ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

न समयमा परीक्षा न त परीक्षाफल, त्रिविको साख खस्कँदो ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \  माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०५ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बल्खुमा रहेको परिक्षा नियन्त्रक कार्यलय प्रमुखको कार्यकक्ष अगाडी विद्यार्थीहरुले गरेको आन्दोलनको दृश्य हो यो । विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको वर्ष दिन बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशनमा ढिलाईले विद्यार्थी मारमा परेपछि आक्रोश परीक्षा नियन्त्रक कार्यलयमै गएर पोखेका हुन् ।

विभिन्न संगठनहरुको निरन्तरको तालाबन्दी, आन्दोलन त कहिले स्वार्थ समूहको राजनीतिक हस्तक्षेपका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै गएको छ। नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ। विद्यार्थी संगठनहरुले नतिजा सार्वजनिक गर्न माग गरेपनि त्यसको कुनै सुनुवाई हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालयले एक वर्षदेखि स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्न सकेको छैन भने बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसक्दा पनि ट्रान्सक्रिप्ट उपलब्ध गराउन सकेको छैन । विद्यार्थीहरु समयमा नतिजा नआउँदा आत्माहत्यासम्म गर्नुपर्ने परिस्थिति आएको बताउँछन् ।

विद्यार्थीको हकहितका लागि भन्दै गठन भएका विद्यार्थी संगठनहरु नतिजा समयमै प्रकाशनमा दबाब दिन सक्दैनन् । बरु विश्वविद्यालयमा अराजक व्यक्ति र समूहहरुको आपराधिक क्रियाकलापका कारण पठनपाठन मात्रै प्रभावित भएको छैन विश्वविद्यालयकै प्रतिष्ठामा आँच पुग्ने गरेको छ। नतिजा प्रकाशनको ढिलाईको विषय विश्वविद्यालयको हेलचेक्राइ नै प्रमुख कारण हो । त्रिभुवन विश्वविद्यालयका जिम्मेवार अधिकारीहरु विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर विषयमा उदासीन छ । यसले शैक्षिक स्तर खस्किएको छ भने त्रिभुवन विश्वविद्यालयमा अराजकता बढेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);