पाण्डवले यसरी तिरे गुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

पाण्डवले यसरी तिरे गुन

काठमाडौं ।  हाम्रो अप्ठयारो समयमा घरपरिवार र कहिलेकाही परिवारभन्दा बाहिरका मान्छेले सहयोग गर्छन् । अप्ठयारो समयमा साथ दिनेलाई बिर्सिनु हुँदैन ।

महाभारतमा पाँच पाण्डवसंग कुन्ती एक्लै जंगलमा बसेकी थिइन् । वनवासको क्रममा एउटा गाउँमा राक्षस सधैँ आउने गर्छ । गाउँका मान्छेलाई खान खोज्छ । जब त्यस गाउँमा कुन्ती र पाण्डव पुग्छन् , तब एक ब्राह्मण परिवारले राक्षसको लागि खाना बनाउनु पर्ने थियो ।

यसैक्रममा कुन्तीले भनिन –तपाईहरुको परिवार सानो छ । त्यसैले आज राक्षस भएको ठाउँमा मेरो छोरा जान्छ । तर बाह्मण परिवारले मानेनन् । आफ्नो परिवार बचाउनका लागि अरुको बली चढ्न नदिने उनीहरुको भने ।

कुन्तीले आफ्नो छोरा भिमलाई राक्षस भएको ठाउँमा पठाइन् । भिम बलवान भएकै कारण उनले राक्षसको हत्या गरेर गाउँलेहरुलाई सहयोग गर्नुपर्ने कर्तव्य पूरा गरे । यसर्थ जसले हामीलाई सहयोग गर्छ, हामीले पनि उसको खराब समयमा सहयोग गर्नुपर्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);