फ्रान्सका स्ट्राइकर बेन्जेमाले संन्यास लिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

फ्रान्सका स्ट्राइकर बेन्जेमाले संन्यास लिने

काठमाडौं, ५ पुस । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यास लिएको घोषणा गरेका छन् । कतार विश्वकअघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने निर्णयमा पुगेको जनाएका हुन ।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेन्जेमाले सोमबार संन्यासको घोषणा गरेका हुन ।

यसै वर्ष बालोन डी अर जितेका बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन ।

सन् २००७ मा अष्ट्रियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ‘डेब्यु’गरेका बेन्जेमाले यही वर्ष क्रोएसियाविरुद्ध अन्तिम खेल खेलका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);