बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बारामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

वीरगञ्ज । बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले बताए ।

उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नम्बर १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);